मेरो अभिन्न अंश तिमी
कठोर तपस्याको वरदान
मेरा करुण बिन्ति सुने
छन् ती प्रभु महान
दिब्य त्यो तिम्रो रुपले
उज्ज्वल छ हाम्रो संसार
आगन भरिलो, जीवन रसिलो
बनायौ नाता प्रगाढ
चुडिनै लागेको आस्थाको
त्यान्द्रो
प्रबलित भयो आज
मेटिन लागेको निष्ठापनि
जागरीत भो पुनशच
रोजेर यो गर्भलाई
तिमीले मलाई आमा बनायौ
नैराश्यताको बादल हटाई
जीवन यो सार्थक बनायौ
कृतघ्न छु
आभार तिमीलाई
मातृत्वको सम्पूर्ण प्यार
समर्पण तिमीलाई